अनिल निराला,  जनकपुरधाम २ अषाढ। मधेस प्रदेशमा कलाकारको कमी छैन तर उहाँहरुलाई प्लेट फर्म नभेटेपछि यस क्षेत्रका कला अगाडी बढन नसकेको कलाकार मेनुका माझीले बताउनु भएको छ ।

यस सिजनमा पनि फेस अफ नेपालले पुरुष र महिला मिलाएर देशका सात वटै प्रदेशमा औडिसन शुरु हुने कलाकार माझीले बताएका छन्।जस्मा पुरुषको उचाई ५ फिट ८ इन्च र महिलाको ५फिट ५ इन्च हुनु पर्ने छ र १८ बर्ष देखी ३० बर्ष न कटेकाले यस कार्यक्रममा भाग लिन पाउने छन ।

शनिबार  जनकपुरधाममा पत्रकार सम्मेलन गरेर फेस अफ नेपालमा भाग लिनका सात वटै प्रदेशमा अडिसनको तयारी भई रहेको आयोजकले जानकारी दिए ।।मधेशमा ट्यालेन्टको कमि छैन तर मधेशका मोडेलहरुले उचित प्लेटफर्म नपाइरहेको अवस्थामा हामी पहिलो पटक मधेशमा आएका छौं´ कलाकार मेनुका माझीले बताइन् ।

प्रतियोगिताको अडिसन अगामी १५ असार(जुन २९) देखि हुनेछ । अडिसन प्रदेश न.१ , सप्तरीको राजबिराज, धनुषाको जनकपुरधाम, चितवन र पोखरामा हुनेछ । साथै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अर्को चरणमा सहभागी हुन पाउनेछन् । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारिरिक बनावट, र्याम्प वाक, बडि ल्याङ्ग्वेज, फोटोशुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने आयोजकले बताएका छन । छनौट प्रकृया अगाडी बडेपछी सहभागिहरूलाई देशका ख्याती प्राप्त प्रशिक्षकद्वारा १५ दिने तालीम दिइनेछ ।

फेस अफ नेपालको नतिजा जजहरूको मूल्याङ्कन र भोटिङको माध्यमबाट हुनेछ भने सो प्रतियोगिताबाट ४ जना सहभागीलाई बिजेता घोषित गरिनेछ र दक्षिण कोरियामा हुने मोडल हन्टमा सहभागीह हुन ४ जना बिजेता नेपालबाट दक्षिण कोरिया पठाइने छ्न ।

यो कार्यक्रम दक्षिण कोरियामा हुने मोडल हन्टको फ्रेन्चाइज नेपालमा एम. एस. प्रोडक्सनले लिएको हो।दक्षिण कोरियामा हुने यस कार्यक्रममा २७ देशले सहभागीता जनाउने गर्दछन ।

२०८१ असार २, आईतवार ०९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय