बर्दिबास, २२ असार ।  मानवीय सेवाका सामाजिक क्षेत्रमा निस्वार्थ काम गर्दै आएको रोटरी क्लव अफ बर्दिबासले नयाँ नेतृत्व पाएको छ । आज बर्दिबासस्थित होटल गौतममा आयोजित एक भव्य समारोहबीच सन् २०२४/०२५ का लागि विष्णुराज पुरीले अध्यक्षको जिम्मेवारी वहन गर्नुभएको हो । नयाँ अध्यक्ष पुरीलाई निवर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमले जिम्मेवारी हस्तान्तरण गर्नु भएको छ ।

बर्दिबासमा सन् २०१७ मा स्थापित रोटरी क्लव बर्दिबासले आज सातौ अध्यक्षका रुपमा पुरीलाई पाएको हो । समारोहमा रोटरी क्लव अफ इण्टरनेशनल नेपाल/भुटान शाखाका असिस्टेन्ट गवर्नर रामप्रसाद शर्माले नयाँ नेतृत्व टिमका सबै पदाधिकारी तथा सदस्यलाई पद ग्रहणको सपथ गराउनुभयो । पहिलो सत्र निवर्तमान अध्यक्ष गौतमको अध्यक्षताको कार्यक्रममा पद हस्तान्तरण गरिएपछि समापनसत्र नयाँ अध्यक्ष पुरीको अध्यक्षतामा समारोह सम्पन्न भएको हो ।

मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न पदस्थापन समारोहमा नयाँ अध्यक्ष पुरीले यसअघिको गौतम नृतृत्वको कार्यकालमा भएका रचनात्मक कार्यहरुको स्मरण गर्नुभयो । सन् २०२३/०२४ कार्यकालका अध्यक्ष गौतमको नेतृत्वमा बर्दिबासमा १०० बढी हातखुट्टा गुमाएका हरुलाई कृतिम हातखुट्टा जडान गराएर उच्चतहको मानवीय सेवा रोटरीले पुर्‍याएको यहाँका सर्वसाधारण सम्झन्छन् । यसैगरी निवर्तमान अध्यक्ष गौतमको कार्यकालमा विश्व मुटु दिवसको अवसर पारेर मुटु, दाँत र मुख स्वास्थ्य परीक्षण र उपचार शिबिर सम्पन्न भएको नयाँ अध्यक्ष पुरीले सम्झनुभयो ।

रोटरी क्लव अफ बर्दिबासले बितेको एक वर्ष (सन् २०२३ जुलाई एकदेखि ३० जुन २०२४ सम्म) भित्रमा हाडजोर्नीसम्बन्धी निशुल्क शल्यकृया सेवा, गत छठ पर्वको अवसरमा पोखरी तथा मन्दिर सरसफाई , मावि हात्तीलेटमा ‘स्टुडेण्ट हेल्थ क्याम्प’ र बर्दिबासको कणर्ाली भनिने झ्याउरे भाङ्ग्रेको खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको रोटरीका मुख्य उपलब्धीपूणर् कामका रुपमा नगरबासी सम्झन्छन् । यसबाहेक स्वास्थ्य, शिक्षा र मानवीय आवश्यकताका अति महत्वपूणर् योजनाहरु कतिपय सम्पन्न भएका र कतिपय अझै जारी रहेका छन् ।

यसैगरी रोटरी क्लव बर्दिबासले बितेको एक वर्षमा सर्पदंश रोकथामसम्बन्धी तालिम, विद्यालयका शिक्षकलाई कम्प्युटर तालिम , विद्यालय र सार्वजनिक ठाउँमा शौचालयसहित सुविधायुक्त पूर्वाधार निर्माणका का थालिएको समारोहमा जानकारी दिइएको थियो ।
सन् २०१७ मे महिनामा सुरेशबहादुर राउत र दिपेन्दू पराजुलीसहितका अगुवाको नेतृत्वमा बर्दिबासमा रोटरीको जन्म भएको हो । एकैपटक तीन/चार वर्षसम्मका पदाधिकारी र सदस्यहरुको रोलक्रम पहिले नै निर्धारित गरिने परम्पराको रोटरी क्लव अफ बर्दिबास मुलुकभित्रकै अन्य क्लवको को तुलनामा व्यवस्थित संस्थाका रुपमा मानिन्छ ।
हालसम्म बर्दिबासमा सात जनाले रोटरी नेतृत्व लिइसकेका छन् । रोटरीमा प्रत्येक जुलाई १ देखि आउने वर्षको जुन अन्त्यसम्मको कार्यकाल निर्धारित हुन्छ । हाल रोटरी सदस्य ५० जना छन् ।

२०८१ असार २२, शनिबार २२:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय