घटनाको एक वृतान्त

मिति २०८१ भदौं २५ गते मंंगलवार दिउँसो ०३ः०३ मिनेटमा जनकपुरधाम भित्रै यात्रा गर्ने क्रममा मोटरसाईकलमा पेट्रोल सकियो । मोटरसाईकल बन्द भयो । मोसा गुडाउन पेट्रोल  आवश्यक प¥यो । अन्यथा मोसा गुड्ने अवस्था थिएन । मोसा धक्का लाएर पेट्रोल पम्प सम्म लग्नुपर्ने वा पेट्रोल लिएर आउनुपर्ने मध्ये एउटा विकल्प थियो । जसमध्ये मैले पेट्रोल पम्पबाट मोसाको लागि कम्तिमा १ लिटर तेल ल्याउने निधो गरे । सोही बमोजिम तेल ल्याउन नजिकको पेट्रोल पम्प गए । जनकपुरधाम भ्रमरपुरा चोक स्थित राजिव पेट्रोल पम्पमा तेल लिए एक पानीको बोत्तल लिएर गए ।
म : मलाई पेट्रोल दिनुस् न !
तेलावाला : कति लिनुहुन्छ ?
म : यो बोत्तलमा कति अटछ ? त्यति हाल्दिनुस न !
तेलावाला : हुन्छ, दिनुस् ।
(पहलो पटक तेल हालिसकेपछि बोतल भरिएन)
म : यो कति तेल हो ?
तेलवाला : हेर्नु भएन १ लिटर
म: यो बोत्तलमा १ लिटर अटदापनि अटदैन तर तपाईको १ लिटर मा त भर्दा पनि भरेन त !
तेलवाला : मिटर हेर्नुस न ! १ लिटर भयो ।
म : यसो गर्नुस् । यो बोत्तललाई भरिदिनुस् ।
तेलवाला : हुन्छ, दिनुस् ।
(अब बोत्तल भरियो, बल्ल १.२ लिटरमा बोत्तल भरियो)
म : यो १ लिटर नअटने पानीको बोत्तलमा कसरी १.२ लिटर तेल आटियो ?
तेलवाला : तेल लिनुभो ! पैसा दिनुस् । जानुस् ।
(केहीबेर भनाभन पछि मैले साथीहरुलाई फोन गर्न थाले । तेल दिने मान्छेले पनि तत्कालै पेट्रोल पम्पमा कामहरुले मान्छे बोलाए उनीहरु काम गर्ने तत्कालै तीन जना एकत्रित भएर पेट्रोल भएको बोत्तल खोस्न लागि परे । म एक्लो थिए । जर्बजस्ती कुटाई खाएर बोत्तल खोस्नु भन्दा पहिले नै मैले सहजतापूर्वक बोत्तल दिईहाले । र त्यहाँबाट निस्किए ।) त्यतिबेला सम्म यो घटना २–३ जनाको कानमा पुगीसकेको थियो । त्यतिबेला सम्म धनुषाका सिडियो, नेपाल आयल निगम लिमिटेडका हाकिम–कार्यालय प्रमुख, नापतौल तथा गुणस्तर विभागका हाकिम तथा केही पत्रकारहरुको कानमा समेत सूचना प्रचार प्रसार भयो ।)
त्यतिबेला सम्म पेट्रोल पम्पमा काम गर्नेहरु मानिसहरुले आफ्नो साहुँ जीलाई बोलाईसकेको थियो । साहु जी पनि घटनाको केही मिनेटमै ४ चक्को गाडीमा आईसकेको थियो । विस्तारै साथीहरु आउने थाल्यो । म पेट्रोल पम्पको ठीक अपोजिट साईटमा को–को आउँछ र के–के हुन्छ ? भन्ने कौतुहलताका साथ बसिरहे । अनुगमन आउने मानिसहरु को–को हुन्छ ? के–के गर्छन् भनेर जान्न भएपनि प्रतिक्षामा बसिरहे । झण्डै सवा ४ बज्दै थ्यो । नेपाल आयल निगम लिमिटेडका कर्मचारीद्वय मनोज सिंह र श्रवण साह आए । आउने बत्तिक्कै त्यहाँ उपस्थित मालिकसंग हात मिलाए । मालिकसंग हात मिलाउने बित्तिक्कै मेरो मन मष्तिष्कमा एउटै कुरा आयो । अब अनुगमन भयो । सारा सेटिङ्ग पनि मिल्यो । त्यसपछि उनीहरु आनन्दले बसे । कुराकानी गरे । बील काट्ने ठाउँ भित्र पनि पसे । त्यसपछि म त्यहाँबाट निस्किए । आफ्नो मनलाई आफै बुझाउँदै सरक्क फर्किए । त्यतिबेला सम्म मेरो जतिभएको चूरिफूरि सबै गायब भयो । अनि घडी हेरे झण्डै ढेड घण्टा वितिसकेको थियो ।
अन्त्यमा,
विचरा म ! डेढ घण्टा उभिएर म के–के कुरा सोचेर बसेको सब खत्तम ! टाटा बाई–बाई !!
निष्कर्ष : यो घटनामा जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी नभएको होईन् तर तादरुकता देखिएन् । घटनाको विषयमा नेपाल आयल निगम लिमिटेड, महेन्द्रनगर डिपो र नापतौल तथा गुणस्तर कार्यालय सहितको कार्यालयहरुलाई समयमै जानकारी भएपनि आउदै नआउनु दुःखद हो । अर्को कुरा आएको जिम्मेवार निकाय महेन्द्रनगर डिपोका कर्मचारी आएर पनि अनुगमनकै लागि अनुगमनको नाटक गर्नु बहुत दुःखद छ । यो घटनाको सिसिटिभि फूटेज पनि सायद हुनुपर्छ ।

२०८१ भाद्र २६, बुधबार १३:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय