जनकपुरधाम : सरोज कुमार महतो मंसिर ०७ गते ३० पल्ट रक्तदान गरेका हुन । नम्बरको हिसाबले अस्वाभवनि नै छ ।
ब्लड फर नेपालको संस्थापक रहेको महतो नेतृत्वकर्ताले कुनै कामको अगुवाई गर्यो भने अन्यलाई त्यो काम गर्न उत्साहित बनाउँछ भने बुझाई छ ।
बि.स. २०७० देखि सुरुवात गरेको रक्तदान गर्न हाल सम्म ३० पल्ट भईसकेको छ । हरेक ३ महिनाको अन्तरमा रक्तदान गर्न रुचाउने महतो चाहिएको बिरामलाई नै रक्तदान गरेको हुन्छ ।
हालसम्म ८ वटा जिल्लामा गई रक्तदान गरेको अनुभव रहेको महतोलाई सुरुवातमा घरपरिवारले यसलाई सहजै स्विकारेको भने थिएन् ।
३० पल्ट रक्तदान गरेर आएपछि आमालाई सुनाउँदा केहि पनि प्रतिक्रिया दिनु भएन् । जब कि सुरुवातिमा आमा रिसाउनु हुन्थ्यो । रक्तदान गरेपछि शरीरलाई धेरै फाईदा हुने जानकारी गराएपछि सहज रुपमा लिन थाल्नु भएको छ ।
रक्तदान गर्दा कुनै कमजोरी भईदैन । नियमित रगत परीक्षण साथै रक्तदानले झन स्वस्थ्य र विभिन्न रोग जस्तै (हृदयघात, क्यान्सर) बाट बचाउन मदत गर्दछ । यस्ता केहि फाईदा हो ।
ब्लड फर नेपाल सन् २०१८ मा स्थापन गरेर देशभरी “रगका कुरा” प्रबद्र्धनको अगुवाई गर्दै आईरहेका छ । देशमा रगतका कुरा गर्न जरुरी छ भने बुझाई छ ।
हरेक ९० दिनमा रक्तदान गर्ने सक्षम भए पछि रक्तदान गरिनुपर्छ भने मान्यता राख्द छ । महतो बटेश्वर वडा ०३, धनुषा निवासी हुन ।
२०८१ मंसिर ११, मंगलवार ०९:४९मा प्रकाशित
ताजा समाचार
लोकप्रिय
© 2024 | nepalvani.com | All Rights Reserved | Privacy Policy | Disclaimer | DMCA