काठमान्डौ: गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार अभिनय देख्न सकिन्छ । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् ।

गायक रुद्रसेनले भने, “यसपालिको होलीलाई अझ रमाइलो बनाउनका लागि ‘होली सररर’ तयार पारेको छु ।”

गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

२०८१ फाल्गुन २४, शनिबार २२:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय