जनकपुरधाम । गौशाला नगरपालिकाका उपप्रमुख रेणु कुशवाहालाई नगरपालिका प्रवेशमा रोक लगाईएको छ । गौशाला उपप्रमुख कुशवाहाले एक भिडियो सन्देश जारी गर्दै नगरपालिकामा आफुलाई मेयरको निर्देशनमा नगर प्रहरीले रोक लगाएको भिडियो सन्देश जारी गरेको हो । भिडियोमा उनी नगरपालिकाको मुख्य गेटमा छिर्न खोज्दा नगर प्रहरीले प्रवेश गर्न नदिएको तथा माथिको आदेश भन्दै उनलाई प्रवेशमा रोक लगाएको हो ।

भिडियोमा नगरप्रहरीले उपमेयर रेणु कुमारीलाई जान नदिएको तथा प्रवेश गर्न खोज्दा मूल ढोक बन्द गर्ने गरेको स्पष्ट देखिन्छ । आईतवार उपप्रमुख कुशवाहाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेट्टिएपछि दर्ता तथा चलानी किताव खोसेको लगेको समाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखिकी छिन, ‘पटक पटक पत्राचार गरी कागजात उपलब्ध गराउन अनुरोध गर्दा पनि उपलब्ध नगराएको तथा प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमनकोलागि पत्राचार गर्दा पनि जवाफ नपठाएकोले गौशाला नगरपालिकाको दर्ता, चलानी फाइल नियन्त्रणमा लिएको छु ।’
सोमवार राखिएको कार्यपालिका बैठकमा उपस्थित हुन जादा भाग लिन नदिने उदेश्यका साथ मेयर डा. दिपेन्द्र महतो र प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीको निर्देशनमा नगरप्रहरीले प्रवेश गर्न नदिएको उपमेयर कुशवाहाको भनाई छ ।

उनले भिडियो मार्फत दर्ता चलानीको किताव नियन्त्रणमा लिदा मेयरको गुण्डाहरुले मेरो कार्यकक्षमा समेत तोडफोड गरेको आफुले सूचना पाएको भिडियो सन्देश मार्फत जानकारी गराएकी हुन् ।


२०८२ असार ३, मंगलवार ११:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय