
जनकपुरधाम स्थित राम मन्दिर तथा राजनेदी मन्दिरको प्राङ्गणमा लागेको मेलाको झुलामा अत्यधिक लोडका कारण झुला दुर्घटना भएको छ ।
झुलामा करिब एक सय जना फसेको अनुमान छ । हाल नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले उद्धार कार्य जारी छ । ओभरलोडका कारण झुला विग्रीएको प्रारम्भिक अनुमान छ ।
हालसम्म सबै सकुशल रहेको र उद्धार कार्य निरन्तर जारी रहेको छ । करिब ७ बजेबाट फसेकालाई १० बजेबाट उद्धार सुरु गरिएको छ ।