गोविन्द महतो
जनकपुरधाम, कार्तिक ।

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै संयोजक प्रचण्डले सरकारले गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रचण्डले भने, ‘हिजो मात्रै संसदीय दलहरुसंग वार्ता भएको छ, सरकारको त्यसबाट विस्तारै सरकार निर्वाचन तर्फ गम्भीर हुदै गएको आभास मिलेको तर अझै निर्वाचनको वातावरण बनेको छैन् ।’ प्रचण्डले भने, ‘असाधारण परिस्थितिमा अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्छ भनेर सबैभन्दा पहिला पार्टीको केन्द्रि समितिको बैठकबाट निर्णय गर्ने पार्टी माओवादी केन्द्र हो ।’

प्रचण्डले जेन्जी आन्दोलन पछि सबैभन्दा पहिले सार्वजनिक भएर अपिल गर्ने पार्टी पनि माओवादी केन्द्र भएको बताउँदै उनले भने, ‘काठमाण्डौं भ्याली बाहिर मधेश प्रदेशमा आएर सबैभन्दा पहिले आएर कार्यक्रम गर्ने पार्टी पनि हामी नै हो । त्यसैले निर्वाचनको वातावरण बन्नुपर्छ ।’

प्रचण्डले वामपन्थी एकता र धू्रविकरणको प्रक्रियामा समाजवादी एकतामा अघि बढेको बताए । उनले भने, ‘छठपछि नयाँ परिस्थिति निर्माण हुन्छ । त्यो हो वामपन्थी एकता ।’


२०८२ कार्तिक ५, बुधबार १४:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय