जनकपुरधाम :  मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पुलिन सिननको नेतृत्वमा एक टोलीले विहीवार शिष्टाचार भेटघाट गरेको छ।

भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकता क्षेत्रहरू – शिक्षा, स्वास्थ्य र कृषि – रहेको बताउँदै, यी क्षेत्रहरूको विकास र सुधारका लागि बेलायती सरकारको सहयोग महत्त्वपूर्ण हुने बताए।

“हामीलाई विकास साझेदारहरूको सहयोग आवश्यक छ। हामी चाहन्छौं कि शिक्षामा सुधार, स्वास्थ्य सेवामा वृद्धि र कृषि क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायसँग सहकार्य गर्न,” सोनलले भने।

पुलिन सिननले उक्त भेटघाटमा प्रदेश सरकारको प्रयास र प्राथमिकतासँग सहमति जनाउँदै, बेलायती सरकारको तर्फबाट आगामी दिनहरूमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

यो भेटघाट मधेश प्रदेशको समग्र विकासमा सकारात्मक कदमको रूपमा लिइएको छ।

 


२०८२ कार्तिक १३, बिहीबार १२:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय