जनकपुरधाम: महाकवि कोकिल बाबा विद्यापति स्मृति दिवसको पावन अवसरमा आउने सोमबार, कार्तिक शुक्ल त्रयोदशी १७ गते विशेष कार्यक्रमको आयोजना हुने भएको छ।

यस अवसरमा मा. श्री महन्थ ठाकुर जी प्रमुख अतिथि र मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनल विशिष्ट अतिथि रहेका छन्। यो कार्यक्रम महाकवि बाबा विद्यापतिको योगदान र मिथिला सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा नयाँ उचाईहरू थप्ने उद्देश्यले आयोजित गरिएको हो।

समारोह विवरण:

स्थान: मुरलीसिर, विद्यापति चौक, जनकपुरधाम-४, धनुषा
कार्यक्रम: “स्मारक स्थल माला अर्पण र कवि गोष्ठी”
मिति: २०८२/०७/१९ गते सोमबार
समय: बिहान ९ :३० बजे
संयोजक: त्रिदेब मिश्र

सम्पूर्ण मिथिलावासीलाई कार्यक्रममा उपस्थित भई शोभा बढाउन अनुरोध गरिएको छ।


२०८२ कार्तिक १५, शनिबार २१:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय