मटिहानी (महाेत्तरी), २८ कात्तिक ।
महाेत्तरीकाे मटिहानी नगरपालिकाले क्रिक्रेट खेलकाे संस्थागत विकासका लागि एमपिएल (मटिहानी प्रिमियर लिग) सिजन-१ सुरु गरेकाे छ । आज शुक्रबार मटिहानी रङ्गशालामा एक विशेष समाराेहबीच मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले उद्घाटन गर्नुभयाे ।
क्रिकेट प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले एमपिएल आयोजना गरिएकाे नगरप्रमुख मण्डलकाे भनाइ छ ।
महोत्तरी र धनुषा जिल्लाबाट गरी १६ वटा क्रिकेट टिमकाे सहभागिता रहेको प्रतियोगिताको पहिलो उद्घाटन खेल बटेश्वर –५ शान्तिपुर ( धनुषा) र औरही–४ औरही (धनुषा)बीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा शान्तिपुरले उत्कृष्ट प्रदर्शन गर्दै सात विकेटले जित हात पारेकाे छ ।

मटिहानी प्रिमियर लिग (एमपिएल , MPL) सिजन–१ संयोजक रितेशकुमार मण्डलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि , महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु , सुरक्षा निकायका प्रमुख तथा ठूलाे सङ्ख्यामा खेलप्रेमीकाे उपस्थिति रह्याे ।
स्थानीय खेलकुदको विकास र युवामा खेलप्रति उत्साह जगाउने उद्देश्यले आयोजित एमपिएल सिजन–१ काे सफलताले आगामी दिनमा क्रिकेटकाे स्स्थागत विकासमा याेगदान मिल्ने मटिहानीबासीकाे अपेक्षा छ।




