जनकपुरधाम: प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५० लाख आर्थिक सहयोगमा निर्माण गरिएको श्री सीताराम गौशाला, जनकपुरधामको भवनलाई मन्त्री शैलेन्द्र प्रसाद साहले उदघाट्न गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित सीताराम गौशाला लाई उदघाटन गर्दै मन्त्री साहले भने यो गौशाला लाई प्रदेश स्तरीय बनाउनु प्रदेश सरकार सम्पुर्ण सहयोग गर्ने बताए ।

यो गौशाला गौ संरक्षणका लागी बनाएको त्यसमा सहाय र असहाय गाइहरुलाइ सेवा र सत्कार गर्नु यो धर्म को काम रहेको र यो गाईबाट धेरै फैदा पनि हुने किनभने गाइबाट दूध , गोबर र गौत आम्दानी को स्रोत हो , गोबर र गौतबाट यौर्गैनिक मल पनि उत्पादन गर्न सकिने मन्त्री साहले बताउनुभयो ।

उदाहरणमा मन्त्री साहले भने, छिमेकी देश भारतमा हेर्नु गोबर र गौतबाबाट ग्यास पनि उत्पादन गर्दै आएको छ।सीताराम गौशालालाई ८० वटा गाई लाई हजारौं गाइहरु राख्न क्षमता बनाउन प्रदेश सरकार अगसर रहेको बताए । एस्तै गौशालाका लागि चार वटा जिल्लामा यो मन्त्रालयको सहयोगमा धनुषा, महोत्तरी , सिरहा र बिरगंजमा भवन बनेका हुन् ।

समउदघानको अध्यक्षाता सीताराम गौशालाका अध्यक्ष निर्मल कुमार सिंघानिया र प्रमुख आतिथ्य प्रदेश नम्बर दुईका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव , प्रदेश संसद प्रमेश्वर साह, जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्मल कुमार चौधरी लगातले आफ्नो धारणा राखे ।

२०७७ श्रावण १७, शनिबार ११:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय