जनकपुरधाम : धनुषाको औरही गाउँपालिका ३ मा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।

बिक्रमपुर टोलका ४० बर्षीय शितल यादवको मृत्यु भएको हो । खेतमा सिंचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा शुक्रवार दिउसो करेन्ट लागेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम भएको छ । सिंचाइका लागि मोटर चलाउने क्रममा प्रदेश २ मा वर्षेनी सैयौंले ज्यान गुमाउछन् ।


२०७७ श्रावण २४, शनिबार ०९:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय