
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कोरोना संक्रमण बढेपछि अपनाइएको उच्च सावधानीले पशुपतिनाथसहित देशभरका शिवालयहरु सुनसान जस्तै भएका छन् ।