धनुषा : तीनवर्षदेखि दुबै मृगौला फेल भएका धनुषाको धनुषाधाम नगरपालिका ५ पर्वताका ३० वर्षीय शिवनाथ महतोले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । आर्थिक अवस्थाको कारण उपचार गाउन समस्या तथा परिवासमेत कष्टकर जीवन व्यथित गरिरहेकाले आर्थिक सहयोग गुहार मागेका हुन् ।

दुबै मृगौला फेल भएपछि शिवनाथ राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराइरहेका छन् । आर्थिक अवस्था निकै दयनीय रहदाँ पनि कहिकतैबाट सहयोग नहुँदा परिवारसमेत समस्यामा परेको पीडित शिवनाथले गुनासो गरे ।

‘मेरो दुबै मृगौला खराब भएपछि म तीनवर्षदेखि उपचारमा छु । नियमित डाइलोशिशको सहयोगमा बाँचेको छु । मेरो आर्थिक अवस्था निकै दयनीय छ । कुनै केहि उपचाय छैन । मेरो उपचारको साथै घरपरिवार पनि निकै समस्यामा परेको छ’ मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरको बेडबाट उनले सहयोगको लागि अपिल गर्दै भने ‘मलाई आजसम्म कुनै संघसंस्थाबाट सहयोग भएको छैन । मेरो साथमा पहल गर्ने कुनै व्यक्ति नभएको कारण सहयोग पाएको छैन । मेरो श्रीमती र ५ वर्षीया एकछोरीलाई पेट पाल्न समेत निकै समस्या छ । मलाई आशा छ तपाईहरुले मेरो गुहार सुनिदिएर सहयोग गर्नुहुन्छ’

शिवनाथको उपचार र परिवारको संचालन कहिलेकाहीँ चन्दा लगाएर हुने गरेको सस्थानीय सन्तोष महतोले बताए । नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भनेपनि अन्तमा १५ हजार रुपैयाँ सहयोग बताएको छ । ‘नगरपालिकाले सहयोग गर्ने भनेको १५ हजार रुपैयाँको लागि परिवारजनलाई बैंकमा खाता खोल्न भन्यो । बैंकमा खाता खोल्ना पनि हालसम्म नगरपालिकाले १५ हजारको रुपैयाँको चेक समेत दिएको छैन’ स्थानीय सन्तोष महतोले गुनासो गर्दै भने ।

मृगौला पीडित शिवनाथलाई आर्थिक अभाव र घर संचालनमा कठिनाइ भएपछि सहयोग गर्न स्थानीय ग्रीन युवा क्लब अघि बढेको छ । आर्थिक संकलन गरी उनलाई सहयोग गर्न ग्रीन क्लब अघि बढेको क्लबका सचिव समेत रहेका महतोले बताए ।

https://www.facebook.com/nepalvani2/videos/331068868070108/?t=65

२०७७ श्रावण २०, मंगलवार ०७:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय