
सिरहाको बसपिट्टामा स्थानीय युवाहरुको सक्रियतामा क्रिकेट खेल्न पिचको निर्माण गरिएको छ । क्रिकेट खेलको अभ्यास गर्न खेल मैदान नभएपछि युवाहरुले आधारभूत विद्यालय बसपिट्टाको परिसरमा पिच निर्माण गरेको छ । करिब डेढ लाखको लागतमा पिच निर्माणसँगै म्याट र जाली लगाईएको छ । क्रिकेट खेलाडीलाई अभ्यास गर्ने उदेश्यले पिच निर्माण गरीएको क्रिकेट खेलाडी शंकर यादवले बताए । पिच स्थानीय नेकपाका युवा नेता दिनेश यादव र जनता समाजवादी पार्टीका ओम यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पिच निर्माण भएपछि युवाहरुको अभ्यास गर्न सजिलो भएको क्रिकेट खेलाडी यादवले बताए ।