महोत्तरी : आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा महोत्तरीमा (ने.क.पा)का सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।संयोजक रामबाबु मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता हवलदार भनिने मो. ऐनुल नद्दाफको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन।उनीहरुलाई राज्यमन्त्री कुशवाहाले पार्टीमा भित्राएका छन। नव प्रवेशीहरुलाई राज्यमन्त्री कुशवाहाले फुलमाला तथा अविर लगाएर स्वागत गरेका थिए ।

जसपामा प्रवेश गरेका नेता हवलदारले नेपाल कम्युनिष्ट पार्टीमा रहँदा कैयौं नेताले ठगेको गुनासो सुनाए । उनले भने, ‘एउटा मस्जिद निर्माणका लागि नेताले पटक पटक प्रतिवद्धता जनाए । यही बहानामा भोट पनि तान्यो । तर मस्जिद बनाइदिएन । यस्ता कैयौं समस्याको समाधान गर्ने बताएका नेता केहि नगरेपछि बाध्य भएर पार्टी परित्याग गरेको बताए।

राज्यमन्त्री कुशवाहाले जनता समाजवादी पार्टी सबै जातजातीलाई समान व्यवहार गर्ने गरेको बताए ‘कम्युनिष्ट कमाउनिष्ट भयो । हाम्रो पुर्वज लाई काँग्रेसले अपमान,शोषण सिवा केही दिन सकेन्न त्यसैले बैकल्पिक पार्टीको रुपमा जसपाको जन्म भएको छ ।’ उनले संघीय सरकारले प्रदेश २ का जनतालाई अझै हेप्ने गरेको गुनासो गरे ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले महोत्तरीको रामगोपालपुर नगरपालिका ३ मा मस्जिदको शिलान्यास गरेका छन् ।


२०७७ भाद्र २४, बुधबार १०:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय