महोत्तरी : नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको १९ क्विन्टल मटर प्रहरीले आज बरामद गरेको छ ।

जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, सम्सी गाउँपालिका, एकडारा गाउँपालिका र मनरासिस्वा नगरपालिकासँग जोडिएको भारतीय सीमा क्षेत्रको वनको बाटोबाट १९ क्विन्टल २५ किलोग्राम मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सीमा गस्ती टोलीले सो परिमाणको मटर बरामद गरेको बताइएको छ । प्रहरीलाई देखेर तस्कर भागेको प्रहरीले जनाएको छ ।

बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

२०७७ आश्विन ७, बुधबार १५:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय