नेपालवाणी / जनकपुरधाम
कोरोना महामारीको विकट समयमा अन्य रोगका विरामीहरु स्वास्थ्य सेवाबाट वञ्चित रहेको अवस्थालाई दृष्टिगत गर्दै विगत ३ हप्तादेखि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमलाई औषधि सयोग गरिएको छ ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमद्वारा आयोजित साप्ताहिक निःशुल्क स्वास्थ शिविरका लागि रौनियार युवा मञ्चका अध्यक्ष सुनिल कुमार साहले औषधिहरु सहयोग गरेका हुन् । अध्यक्ष साहले यस्तो विकटको समयमा टिमले सराहनिय काम गरिरहेको भन्दै सामान्य बिरामीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सहयोग बापत औषधि उपलब्ध गराइएको जानकारी दिए ।

रौनियार सेवा समितिका अध्यक्ष अरुण गुप्ता, युवा मञ्च अध्यक्ष सुनिल कुमार साह, उपाध्यक्ष विनय साह, महासचिव रितेस गुप्ता, कोषाध्यक्ष संजय गुप्ताद्वारा महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान कोभिड–१९ क्विक रेस्पोन्स टिमका मनोज साह, शम्भु साह, राकेश बिक्रम साह, गोविन्द चन्दन राय, डा.बिजय साह, डा.राजु साह, सुमित मिश्र, आसुतोष नवीन झा, राममिलन यादव, रोशन यादव, कृष्णा सिंह राजपुत, भरत साह, बलराम गुप्ता, बलराम साहलगायतको उपस्थितिमा औषधि हस्तान्तरण गरिएको छ ।

२०७७ आश्विन ८, बिहीबार २०:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय