नेपालवाणी / जनकपुरधाम : प्रदेश २ मा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १३ महिला र ३० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । यस सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ५१ पुगेको छ ।

विहिबार सबैभन्दा बढी पर्सामा १४, सप्तरीमा १०, धनुषा, सिरहा र बारामा ५/५ जना, महोत्तरी र सर्लाहीमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको वीरगंजमा ७ जना, रानीघाटमा २, छपकैयामा २, विपद व्यवस्थापन गुल्ममा १, नारायणी अस्पतालमा स्वाब संकलन भएको काठमाडाँैका १, त्रिजुद्ध स्कुलमा स्वाब संकलन भएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ३, खडक नगरपालिकामा ६ र हनुमाननगर कंकालिनी नगरपालिकामा स्वाब संकलन भएको महादेवा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाको जनकपुरधाममा ३, प्रादेशिक अस्पतालमा स्वाब संकलन भएका २ जना, सिरहाको कारागारमा ४, लहान नगरपालिकामा १, बाराको कलैया उपमहानगरपालिकामा ४ र पोखरीयामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाको क्वारेन्टिनमा रहेका सम्सी गाउँपालिकाका १ जना र रामगोपालपुर नगरपालिकामा घर भई जलेश्वर अस्पतालमा स्वाब संकलन भएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिकामा घर भई प्रादेशिक अस्पताल जनकपुरमा स्वाब संकलन भएको १ र नारायणी अस्पतालमा स्वाब संकलन भएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५ महिला र २२ पुरुष गरी २७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिकाका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

२०७७ आश्विन ८, बिहीबार २१:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय