धरान । धरानस्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको आज बिहानपख १ः३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी यही असोज ८ गते दिउँसो सवा ३ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा कोरोना परीक्षण गर्दा उनमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

ती बिरामीमा पहिलेदेखि अन्य कुनै पनि रोग नभएको प्रतिष्ठानले जनाएको छ ।

२०७७ आश्विन १०, शनिबार ११:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय