
काठमाडौं । आज नेपालमा थप १ हजार ५ सय १३ जनामा कोरोना संक्रमित देखिएको छ ।
आजसम्म कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ सय ३१ जना डिस्चार्ज भएका छन् ।
योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
आज २० हजार ३ सय ९६ जना आइसोलेसनमा उपचाररत छन् ।