
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो संगै हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लाइभ अपडेटमा जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।