• सुरेन्द्र सिंह

महोत्तरी: नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको १०९ सदसीय महोत्तरी जिल्ला समिति गठन गरिएको छ । ई. अमित कुमार पाण्डेको अध्यक्षतामा  शुक्रबार समिति गठन गरिएको छ ।

हाल कोरोना भाईरस (कोभिड-१९) को कारणले बिश्वब्यापी रुपमा फैलिएको महामारीको कारण सम्बन्धित अधिकांस जिल्ला प्रशासन कार्यालयहरुले यातायातमा निषेधाज्ञा जारी गरेको अवस्थालाई मध्यनजर गर्दै मोबाईल सम्बाद र जुम भिडियो कन्फरेन्स मार्पत छलफल तथा सम्बाद गरी  समिति गठन गरिएको छ ।

समितिमा वरिष्ठ उपाधयक्ष राकेश कुमार यादव, उपाध्यक्ष ई. राजु कुमार साह, ई. उदय चन्द यादव, ई. संजय कुमार साह , ई. अभिनाश कुमार अधिकारी, ई. बिशाल कुमार यादव र ई. ललित कुमार यादव उपाध्यक्षमा रहेका छन् भने ई. रबि चौधरी महासचिवमा, ई.  सुभाष मण्डल, ई. महेश कुमार झा, ई.संजय कुशवाहा, र ई.राहुल कुमार यादव  सचिव पदमा त्यसै गरि ई.  सुष्मिता ठाकुर  कोषाध्यक्षमा र महम्मद गुलाम रब्बनी सह-कोषाध्यक्ष त्यस्तै चन्दन सिंह सामाजिक संयोजक पदमा रहेका छन् । त्यस्तै सदस्य पदमा ९३ जना रहेका छन्  ।

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल महोत्तरी जिल्ला समिति को अध्यक्ष पद सम्माले लगत्तै अध्यक्ष अमित कुमार पाण्डेले संगठन को विधान, नीति, नियमको अधिनमा रही काम गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले सबैको साथ सहयोग को अपेक्षा पनि रहेको जनाएका छन् ।

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल महोत्तरीको अध्यक्ष अमित कुमार पाण्डे
नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल महोत्तरीको महासचिव रबि चौधरी

२०७७ आश्विन १६, शुक्रबार १२:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय