
एदिस अबाबा । जिबुटीको बन्दरगाहामा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा आठ आप्रबासीको मृत्यु भएको छ ।
घटनामा परी अरु १२ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सोमवार जनाएको छ ।
संयुक्त राष्ट्रसंघको एक निकायको रूपमा रहेको आइओएमले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनीहरूको मृत्यु र बेपत्तासम्वन्धी विवरणको पुष्टि गरेको हो ।
दुर्घटनामा परेकाहरु यमनबाट यात्रामा निस्किएको पनि आइओएमका अधिकारीले जानकारी दिएका छन् ।
रेड सी को जिबुटी बन्दरगाह क्षेत्रमा यस्ता घटनाहरु पहिलापहिला पनि हुने गरेको र धेरै मानवीय क्षति भएको पनि उनीहरुले स्मरण गरेका छन् ।
उनीहरु यमनको दक्षिणी सिमानामा पर्ने साउदी अरबसँग जोडिएको क्षेत्रमा जान लागेका थिए ।
यस क्षेत्रमा यसअघि सन् २०१९ को जुन महिनामा पनि दुई ओटा डुङ्गा डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो ।