
काठमाडौं : विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ । यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख हाराहारी मानिस संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ५० हजार ७५० पुगेको छ । संक्रमितमध्ये २ करोड ९३ लाख ६२ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख नाघेको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७३ लाख ६५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ७० हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३५ हजार जनाको मृत्यु भएको छ । ६५ लाख ७२ हजार ४५२ जना संक्रमित भएकोमा ३१ लाख २२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् ।