
गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।
गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतवारको विवरणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।