जनकपुरधाम : नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सुरेन्द्र प्रसाद सिंहको निधन प्रति आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले गहिरो दुःख व्यक्त गरेका छन् ।

मृतक सिंहको आत्माको चीर शान्तिका लागि भगवान संग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्र्नुका साथै शोक सन्तप्त सम्पुर्ण परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।

स्वर्गीय सिंहको पैत्रिकथलो महोत्तरीको मनरा शिशवानगरपालिका–२ कट्टीमा हिन्दू वैदिक परम्परा अनुसार अन्तेष्टि सम्पन्न भएको हो । लामो समयदेखि मुटु सम्बन्धी स्वास्थ्य समस्या रहँदै आएका सिंहको आइतबार जनकपुरधाम स्थित निवासमा ६५ वर्षको उमेरमा निधन भएको थियो ।

सम्पन्न राजपूत परिवारमा बिक्रम सम्वत २०१३ सालमा जन्मिएका सिंह बिद्यार्थी कालदेखि नै निरङ्कुश पञ्चायती ब्यवस्था बिरुद्ध नेपाली काँग्रेसमा आवद्ध रही प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको थियो । महोत्तरीबाट नेपाली काँग्रेसको महासमिति सदस्य रहनु भएका सिंह २०६४ सालको प्रथम संविधानसभा निर्वाचनमा महोत्तरी–४ बाट प्रत्यासी थिए । विगतमा नेपाली काँग्रेस महोत्तरीका उपसभापति समेत रही सकेका सिंह प्रजातान्त्रिक आन्दोलनमा सरिक छँदा पटक पटक जेल परेका थिए ।

२०७७ कार्तिक ३, सोमबार २१:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय