
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।
त्यस्तै गएकाे २४ घण्टामा २१०८ निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९६ हजार ६ सय नाै पुगेको छ ।
यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।