
काठमाडौं । कोरोना संक्रमणबाट बुटलको कोरोना विशेष अस्पताल र पाल्पाको लुम्बिनी मेडिकल कलेज उपचाररत दुई जनाको मृत्यु भएको छ ।
बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल सुचना अधिकारी डा. बिष्णु गौतमले बताएका छन् । यस्तै पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिला रहेको पनि मृत्यु भएको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि ४ असोजमा लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारका लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।