काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ८० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख २१ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २९ लाख ६३ हजार ५११ जनामध्ये १६ हजार ८५२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १०३९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार १२२ पुगेको छ ।

२०७७ कार्तिक १३, बिहीबार १०:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय