महोत्तरी: इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.)को जन्मदिनको अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज कुमार कुशवाहाले शुभकामना व्यक्त गरेका छ्न।

राज्यमन्त्री कुशवाहाले मुस्लिमहरूको महान पर्व इस्लाम धर्मका प्रवक्ता पैगम्बर हजरत मोहम्मद (स.व) को जन्मदिनको पावन अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

२०७७ कार्तिक १४, शुक्रबार ०६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय