काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ४ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ४ करोड ५३ लाख १९ हजार छ ।

कुल कोरोना संक्रमितमध्ये ११ लाख ८६ हजारको मृत्यु भएको छ । ३ करोड २९ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९२ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३४ हजारको मृत्यु भएको छ ।

भारतमा ८० लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५४ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६४ हजार ७ सय १८ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय ४ को मृत्यु भएको छ । एक लाख २४ हजार ८ सय ६२ लाई निको भएको छ ।

२०७७ कार्तिक १४, शुक्रबार ०८:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय