काठमाडौँ: नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार ९५ हजार ७ सय रुपैयाँमा कारोवार भएकोमा आज एक हजारले वृद्धि भई ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको चाँदी आज भने प्रतितोला एक हजार २५५ मा कारोवार भएको छ ।

२०७७ कार्तिक २१, शुक्रबार १३:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय