सिरहा: सिरहामा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रहा औरही गाउँपालिका–५ जगदेव बाबा पोखरीमा छठ मनाउन गएको २२ वर्षीय रविन दास रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा पुरानो रिसिईबीको कारण आफ्ना छिमेकी ४२ वर्षीय बिनोद यादवलाई आक्रमण गर्ने योजनाअनुसार रविन छठको घाटमा पेस्तोल बोकेर पुगेका थिए ।

सोही क्रममा रविनले पेस्तोल निकालेर विनोदको कन्चटमा ताकेको स्थानीयले देखेलगत्तै नजिकैको प्रहरी चौकी औरहीमा जानकारी गराएपछि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार रविन दासलाई औरही–५ स्थित जगदेवी बाबा पोखरीबाट हतियारसहित पक्राउ गरिएको हो । दासको साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको शर्माले बताए ।

२०७७ मंसिर ६, शनिबार १४:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय