
महोत्तरी : बर्दिबास-१४ स्थित शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको शव फेला परेको छ।
उनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन्। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।
हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ। पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। थाहाखबरबाट