जनकपुरधाम : देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” नामाकरण गर्दै निर्णायक आन्दोलनको उद्घोष गर्दै आन्दोलनका विविध कार्यक्रम समेत सार्वजनिक गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज एक प्रेस वक्तव्य जारी गर्दै प्रदेश नं २ को राजधानी समेत रहेको, राष्ट्रिय राजनीतिमा अत्यन्तै प्रभाव, दखल एवं निर्णायक मानिने धनुषा जिल्लाको कमान्डर समेत मनोनीत गरेको छ ।

हालको गणतान्त्रिक ब्यवस्थालाई “कोरोनाको समगोत्री विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक गन्हाउनेतन्त्र” को सँज्ञा दिदै आएका र यो गणतान्त्रिक ब्यवस्था, ब्यवस्थापक र संविधानको अवसान नभएसम्म आन्दोल जारी रहने बताउँदै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विकेक” (डा. मनोज कुमार झा) द्वारा हस्ताक्षरित उक्त प्रेस वक्तव्यमा भनिएको छ कि ;

देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि हामीले “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उद्घोष गरिसकेको सर्वविदित नै छ ।

उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला, आत्म-बल, आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ ।

यसै क्रममा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वाड नं ८ (पिडारी चौक) निवासी श्री जगदिश राउत ज्युको सु-पुत्र औषधि-व्यवसायी, क्रान्तिकारी समाजसेवी, देश-भक्त नागरिक, जनतन्त्र-प्रेमी, मुक्तिवादी “श्री शम्भु कुमार राउत ज्यु” लाई “जनतान्त्रिक तराई मुक्ति मोर्चा” एवं “राष्ट्र बचाउ अभियान” को “धनुषा जिल्ला संगठन परिचालन समिति संयोजक” मनोनीत गरिएको सबैलाई सहर्ष जानकारी गराउँद छौँ । साथै वहाँको सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्दछौं ।

२०७७ मंसिर १२, शुक्रबार १२:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय