महोत्तरी : गौशाला नगरपालिकाले नगरका ५ स्थानमा आधारभुत स्वास्थ्य चौकी स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने भएका छन । वुधबार बसेको नगरकार्यपालिका समितीको वैठकले नगरका वडा नंं. ३, ५, ७, ९ र १० मा तोकिएको स्थानमा आधारभुत स्वास्थ्य चौकी निर्माणका लागि शिलवन्दी वोलपत्र आव्हान गर्ने निणर्य गरिएको हो ।

त्यस्तै सो स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने रकम र जनशक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यकमात्रामा रकम माग गर्ने निणर्य भएको छ । त्यस्तै गौशाला १२ स्थित लक्ष्मिनियाँ स्वास्थ्य चौकी कान्तिवजारलाई प्राथामिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्ती गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने निणर्य गरिएको हो । नगरपालिकाको गौशाला बजारमा नागरिक अरोग्य सेवा केन्द्र स्थापना गरिने भएको छ ।

त्यस्तै यस आर्थिक बर्षको संचालित योजना तथा कार्यक्रमहरु यहि मंसिर मसान्तभित्र योजना सम्झौता गरि योजना शुचारु गरिने निणर्य भएको नगरप्रवक्ता भोजवहादुर दर्लामीले बताउनुभयो । बजार र पोखरी ठेक्काका लागि तेस्रोपटक वोलपत्र आव्हन गर्ने निणर्य गरिएको प्रवक्ता दर्लामीले जानकारी दिनुभयो । यता आजको वैठकले नगर अन्र्तगतका आधारभुत र मावितहका विद्यालयहरुमा न्युन दरवन्दी रहेको र शिक्षक अभाव देखिएको विद्यालयहरुमा शिक्षक समायोजन तथा सरुवा गर्ने निणर्य वैठकमा भएको नगरपालिका कार्यालय स्रोतले जनाएको छ । त्यस्तै वैठकमा पेश भएको १५ वटा विभिन्न प्रस्ताव उपर छलफल भएको हो ।

२०७७ मंसिर १८, बिहीबार १०:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय