राजन झा 

जनकपुरधाम :  धनुषा जिल्लाको जनकपुरधाम-१३ स्थित माँ बौधी हस्पिटलको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा अस्पतालको उद्घाटन गरिएको छ ।

उद्घाटन गर्दै मन्त्री कुशवाहाले अहिले जनसंख्याको अधार अस्पतालको अभाव छ । तर यसरी अस्पताल संचालनमा आएपाछि मानिसहरु सहजरुपमा स्वास्थ्य सेवा पाएपाछि अकालमै मृत्यु नहुने र अस्पतालबाट मानिसहलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा  प्रदान उनले हुने बताए ।

अस्पतालका संचालक  राम अशिष महतोले अहिलेको अवस्थामा नेपालका नागरिकहरुको  स्वास्थ्यमा विभिन् किसिमको समस्या आउने गरेका छन् । तर सस्तोमा गुणस्तरीय सेवा दिने अस्पतालहरुको कमी छन् । कोरोना महामारीको बेला धेरै जसो अस्पतालहरुले बिरामीलाई भर्ना नलिने र एम्बुलेन्स सेवापनि नदिने गरेको देखिएका थिए तर हामी हरेक किसिमको विरामीहरुका लागि हामी संग भएको हरेक सेवा २४औं घण्टा उपलब्ध गराउने संचालक महतोले बताए ।

अस्पतालमा जेनेरल, फिजिसियन, अल्ट्रासाउण्ड, एक्सरे, इमर्जेन्सी लगायतका सेवाहरु रहेका छन् ।  अस्पताल संचालनमा आएपछि आसपासका क्षेत्रका जनताहरुको स्वास्थ्य सेवामा सुधार आउने विश्वास गरिएको छ ।

 

२०७७ मंसिर २२, सोमबार १८:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय