रौतहट : रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी आलमलाइ प्रहरीले पक्राउ गरेको छ । नेपाली काँग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका भारतको सितामढि जिल्लाको मोतिहारीबाट मोहम्मद महताब आलम पक्राउ परेको स्रोतले जनाएको छ । भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले फरार प्रतिबादी आलमलाई पक्राउ गरेको जनाएको हो ।

पहिलो संविधानसभा निर्वाचनको समयमा २०६४ चैत २७ गते राती राजपुर नगरपालिका ४ र साबिकको राजपुर गाबिस ४ स्थित आलमको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउँपालिका ४,साबिक सरुअठा ४ का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ ।

घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काँग्रेस नेता आफताब पूर्पक्षको लागी गएको कात्तिक २९ गते देखी काठमाडौस्थित नक्खु कारागारमा जेल सजाय भोगी रहेका छन् । पुर्बमंन्त्रि आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जना माथि कर्तब्य ज्यानको मुध्दा प्रहरीले चलाएको थियो । घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेका छन् ।

२०७७ मंसिर २२, सोमबार १३:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय