प्रमुख धार्मिक स्थल मनकामना मन्दिरमा बलि पूजा गर्न रोक लगाइने भएको छ । कोभिड १९ सङ्क्रमणका कारण ९ महिनादेखि बन्द रहेको मन्दिर आईतबारदेखि खुल्ने भएपनि बलि चढाउन भने रोक लगाइने भएको हो ।

मनकामना क्षेत्र विकास समितिको बैठकले सर्वसाधारणको लागि पूजा गर्न विभिन्न स्वास्थ्य मापदण्ड अपनाएर मन्दिर खुला गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

यस्तै विशेष पूजा गर्न र लाखबत्ति बाल्न पनि समितिले रोक लगाउने निर्णय गरेको छ । मनकामना माईको दर्शनकालागी आउने दर्शनार्थीलाई स्वास्थ्य सुरक्षाको मापडण्ड पूर्ण पालना गर्न लगाइने समेत समितिले जनाएको छ ।

यसैबीच,मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने छ । केवुलकारले पहिलेको भन्दा
आधा मात्र यात्रु बोक्ने छ । यसअघि एउटा कारमा ६ जना यात्रु हुन्थे तर अब तीन जना मात्रै यात्रु राखिनेगरी व्यवस्थापन भइरहेको छ ।

२०७७ मंसिर २५, बिहीबार ०९:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय