रौतहट : हत्याका अभियोग लागेका ६ जनालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागी जेल चलानको आदेश दिएको छ ।

बारागढी गाउँपालिका ५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधीश प्रकाश पंडितको इजलासले जेल चलानको आदेश दिएको हो।

पुर्पक्षका लागी जेल चलान हुनेहरूमा बारागढी गाउँपालिका वडा ५ का हिरालाल साह, नगिना साह, राजिन्द्र साह, सुरन्द्र साह, कामेश्वर चौधरी, र राजन महतो रहेको सरकारी वकिल कार्यालय बाराका सुब्बा सुलेमान अंसारीले जानकारी दिएका छन्। पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाले बहस गरका थिए ।

प्रतिबादी सबै ६ जना गत कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । हाजिर भएपछि प्रहरीले आवश्यक अनुसन्धानपछि मिसिलसहित उनीहरूलाई कार्वाहीका लागि पेस गर्दा अदालतले पुर्पक्षका लागि जेल चलान गरेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।

२०७६ जेठ ९ गते रौतहट बाट एउटा जन्ती बारागढी गाउँपालिका वडा ५ सिंघासनी गाँउमा गएको थियो। सोही राति जन्तीहेर्न गएका गोबिन्द साह भोलिपल्ट गाउँनजिकै बाटोछेउमा मृत अवस्थामा फेला परका थिए । घटनापछी मृतकका आफन्तले कारागार चलान भएका सबै ६ जनाबिरुद्ध कर्तब्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरका थिए ।

२०७७ मंसिर २५, बिहीबार १०:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय