
महोत्तरी : बालउद्यानमा शिक्षा मन्त्रीले वृक्षा रोपन गरेका छन् । जनसहयोगी युवा संजाल बर्दिबासले सामुदायिक विद्यालयमा बालउद्यान निर्माण गरिरहेको हो । महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा सञ्जालले ५० लाखको लागतमा उद्यान निर्माण गरिरहेको छ ।
शिक्षा मन्त्री पोखरेल, प्रदेश सभा सदस्य सारदा देवी थापा, बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार कार्की, वडा अध्यक्ष राजन ढुङ्गाना, रामकिशोर साह, टेकवीर रखाल, डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साह लगायतले संयुक्त रुपमा बालउद्यानमा वृक्षा रोपन गरेका थिए ।
जनस्तरबाट निर्माण भइरहेको बालउद्यानमा हालसम्म ४० लाख बढी खर्च भइसकेको संजालका अध्यक्ष परमेश्वर महतोले जनाए । उनका अनुसार बालउद्यान निर्माणमा गौशालाका समाजसेवी लक्ष्मी महतोको बिशेष सहयोग रहेको छ । निर्माण कार्यमा झण्डै ५ सय बढी चन्दा दाताहरुको सहयोग गरेका छन् । मुठ्ठी दान अभियान चलाएर युवाहरुले विद्यालयमा बालउद्यान निर्माण गरिरहेका हुन् । अभियनामा हालसम्म उद्यारो १० लाख तिर्न बाँकी छ ।
युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोको निर्देशनामा निर्माण भइरहेको उद्यानको डिजाई इन्जिनियर मनोज महतोले गरेका छन् ।
वृक्षा रोपन कार्यक्रममा प्रदेश सभा सदस्य थापाले संजाललाई ४० हजार सहयोग गरेकी थिइन् । वृक्षा रोपनका लागि आवश्यक विरुवा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले संजाललाई उपलब्ध गराएको हो । ‘तपाईं युवाहरु जगृत हुनुभयो, कोभिड–१९ का बीच पनि काम गर्नुभयो । म यहाँहरुलाई सलामा गर्न चाहन्छु, अभिवादन गर्न चाहन्छु,’शिक्षा मन्त्री पोखरेलले भने,‘शिक्षा पूर्वधारको पनि पूर्वधार हो । देश कता जान्छ भन्ने कुरा शिक्षाले निर्धारण गर्छ ।’ जब शिक्षा विकासको पनि पूर्वधार हो भने त्यसमा ठीक ढङ्गले काम भए अरु क्षेत्रको विकास आफै हुने उनले औंल्याए ।
२०७५ साल कात्र्तिकमा शिक्षामन्त्रीले हरित विद्यालय निर्माणको अवधारणा सार्वजनिक गरेका थिए ।‘हामीले शिक्षा पूर्वधारको पनि पूर्वधार हो भन्ने कुरा हामीले आफ्नो दिमागबाट हाटाइदिएका छौं र अरु कुरालाई मुल ठानिरहेका छौं । यो दृष्टिकोण परिवर्तन गर्न जारुरी छ ,’मन्त्री पोखरेलले भने,‘ हरित अभियानले शिक्षामा परिवर्तन ल्याउँछ । ’जनहसयोगी युवा संजालले सामुदायिक विद्यालय सुधार गर्ने महत्वपूर्ण क्षेत्रमा हात हालेकोमा उनले युवाहरुको हौसल्ला बढाए ।