काठमाडौं : उखु किसानहरुले आजदेखि काठमाडौंमा आन्दोलन थालेका छन्। चिनी उद्योगहरूबाट उखुको रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु काठमाडौं आएका हुन्।

यसअघि २३ कात्तिकमा किसानहरु उखु किसानको न्याय माग्दै काठमाडौं आएका थिए। उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए ।

विभिन्न चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड रुपैया रकम उठाउन यो पटक निर्णायक आन्दोलन हुने किसानका प्रतिनिधीको भनाइ छ। देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएको किसानहरूको भनाइ छ।

२०७७ मंसिर २८, आईतवार १३:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय