जनकपुरधाम : नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देशमा नयाँ राजनीतिक संकट पैदा गरेको धनुषा शहिदनगर नगरपालिका मेयर उदयकुमार बरबरिया यादवले बताएका छन् । उनले संघीय संसद विघटनको प्रस्तावले देशमा अराजकता, अलोकतान्त्रिक र निरङकुश शक्ति हाबी हुने बताएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नु गैरसंवैधानिक, अलोकतान्त्रिक, र जनमत, परिवर्तन विरोधी प्रतिगामी कदम हो, यो लागु हुन सक्दैन र हुनपनि दिनु हुदैन् । जसको लागि संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुणर् शक्तिहरु एक हुन आव्हान गरेका छन् ।’

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको निणर्यलाई स्थानीय सरकारले गैरसंवैधानिक कदम भन्दै यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया दिँदै शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादवले संघीय सरकारले संविधान विरोधी काम गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिए । ‘यो संघीय सरकारको अलोकतान्त्रिक र संविधान विपरीत काम हो, यसका विरुद्ध हामी आन्दोलनमा गर्छौ‘ उनले भने ।

उनले संघीय सरकारको कदमलाई स्थानीय सरकारले असंवैधानिक ठहर गरेको भन्दै तत्काल कार्यपालिकाको बैठक बसेर संघीय सरकारको कदम विरुद्ध खेद प्रस्ताव पारित गरी अघि बढ्ने बताए । ‘संघीय सरसकारको असंवैधानिक कदमको मेरो नेतृत्वको स्थानीय सरकार विरोध गर्छ । हामी कार्यपालिका बैठक बसेर संघीय सरकारको यो कदमविरुद्ध प्रस्ताव पास गर्छौं र बृहत् आन्दोलनमा उत्रिन्छौँ’, बरबरियाले भने ।
नेकपाका प्रदेश समिति सदस्य समेत रहेका बरबरियाले ओलीले देशको जनताको अपेक्षाको उपहास गर्दै संसद विघटनको प्रस्ताव लगेर ओली राजनीतिक राष्ट्रद्रोह गरेको आरोप लगाए ।

२०७७ पुष ५, आईतवार २१:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय