एजेन्सी : फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्ट्रासबोमाथि सहज जित निकालेको छ ।

पार्क डेस प्रिन्सेसमा बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्ट्रासबोमाथि ४-० को शानदार जित निकालेको हो।

पीएजीले खेलको १८औँ मिनेटमा टिमोथी पेम्बेलेको गोलबाट अग्रता बनायो । खेलको ७९औँ मिनेटमा केलियन एम्बापेले गोल गर्दै अग्रता दोब्बर बनाए । ८८औँ मिनेटमा एड्रिसामा गुएयेले खेल ३-० को अवस्थामा पुर्‍याए ।

अतिरिक्त समयमा मोइस किनले गोल गर्दै घरेलु टोलीलाई ४-० को फराकिलो जित सुनिश्चित गरे।

जितसँगै पीएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

२०७७ पुष ९, बिहीबार ०७:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय