दोहा : फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ ।

पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भ्याक्सिन लिएर ओमान पुगेको डीएचल कार्गो विमान । तस्वीर : टाइम्स अफ ओमान ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमानले भाइरसविरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले आउदो आइतबारदेखि खोप अभियान सुरु गर्ने पनि जनाएको छ । यस अभियानको नेतृत्व त्यहाँका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल सईदीले गर्ने छन् ।

पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घ रोगी, वृद्ध वृद्धालाई खोप दिइनेछ । मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ ।

ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । दोस्रो ब्याचको भ्याक्सिन भने आगामी जनवरीमा ल्याइने ओमान सरकारले जनाएको छ ।

२०७७ पुष ११, शनिबार ०७:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय