काठमाडौँ : उखुको भुक्तानी नपाएपछि काठमाडौँस्थित माइतीघरमा आन्दोलन गरेका एक कृषकको मृत्यु भएको छ ।

रौतहटको धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातले मंगलबार मृत्यु भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ बक्यौता उठाउन बाँकी थियो । उनीसँगै काठमाडौँ आएका किसानका अनुसार उनले विभिन्न व्यक्तिबाट १८ लाख ऋण लिएको र तिर्न नसकेको बताउने गरेका थिए ।

झण्डै ९० करोड भुक्तानी नपाएको भन्दै उखु कृषक मंसिर २८ देखि आन्दोलनरत थिए ।

सोमबार सरकारले किसानसँग गरेको वार्तामा २१ दिनभित्र भुक्तानी दिलाउनेसहितका ४ बुँदे सहमतिपछि कृषकहरूको आन्दोलन स्थगित भएको थियो ।

२०७७ पुष १४, मंगलवार १४:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय