जनकपुरधाम, पुस ।
पूर्व–पश्चिम राजमार्गमा अन्तर्गत धनुषा धनुषाधाम धारापानी मालटोल स्थित भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ९ धारापानी मालटोल स्थित घुमाउरो बाटोमा भारतीय ट्रक र ईन्धन बोक्ने टयाङकर एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । भने थप दुई जना गम्भीर घाईते भएका छन् ।
पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिम तर्फ जादै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाँङकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । दुर्घटनामा परी को १ ख २३३८ टयाङकर चालक जिल्ला मोरग विराटनगर महानगरपालिका ४ का ३६ वर्षिय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षिय रगीला कुमारको मृत्यू भएको हो । टाउकोमा गम्भिर चोट लागेका अर्जुन मण्डललाई जनकपुरको प्रादेशिक अस्पाल लैजादै गर्दा बाटोमा मृत्यू भएको छ । दुर्घटनामा टयाङकरका सह–चालक विराटनगर ४ का धनराज यादव गम्भिर घाईतेलाई थप उपचारको लािग विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

भारतीय ट्रक चालक र सहचालकको अवस्था समेत गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचार हाल जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मध्यरात करिब १२ बजे भएको त्रिकोणीय दुर्घटना तीव्र गतिका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

२०७७ पुष १५, बुधबार १९:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय