File Photo

मोरङ : मोरङको उर्लाबारीमा शनिबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–४ मा शनिबार साँझ यात्रुबहाक बसको ठक्करबाट घाइते भएका मे ६ प ३२६३ नम्बरको मोटरसाइकल चालक दमकका प्रदीप कार्कीको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

को १ ख ६२७८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।

मोटरसाइकलमा सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल गम्भीर घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल बिर्तामोड उपचार भइरहेको छ ।

प्रहरीले बस चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएको छ ।

२०७७ पुष १९, आईतवार ०८:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय